आइतबार, साउन १७, २०८३

मोटरसाइकलको ठक्करबाट देउखुरीमा पैदलयात्रीको मृत्यु

 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

देउखुरी- दाङको देउखुरी लमही–३ नर्तीमा गए राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ गइरहेको रा४प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालया प्रहरी प्रवक्ता राजनकुमार गौतमका अनुसार सडकमा पैदल हिँडिरहेका चौधरीलाई मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो। गम्भीर घाइते उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

ठक्कर दिने मोटरसाइकल वडा प्रहरी कार्यालय लमहीमा राखिएको छ। मोटरसाइकल चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।  
 

प्रकाशित: Jul 27, 2023| 08:26 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्