शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा, 'ब्रेक सु'का ६६ वटा काटुन बरामद

सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा, 'ब्रेक सु'का ६६ वटा काटुन बरामद

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०
National life
Shivam cement

काठमाडौं- राजश्व अनुसन्धान विभागले केही दिनअघि बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा रेडी ट्रेड प्रालिको गोदाममा छापा मारेको छ। बुधबार साँझ विभागको टोलीले काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित उक्त कम्पनीको गोदामा छापा हानेको हो। 

विभागको टोलीले उक्त गोदामबाट ६६ कार्टुन ब्रेक सु बरामद गरेको छ। बरामद भएको ब्रेक सुमा सुन छ कि छैन भन्ने यकिन भने भइसकेको छैन।

साउन २ गते यही कम्पनीले ब्रेक सुमा अवैध सुन भित्र्याएको थियो। एक क्वीन्टल सुन बरामद भएपछि विभागले यो कम्पनीले भित्र्याएका ब्रेक सुमा अनुसन्धान थालेको हो।

प्रकाशित: Jul 26, 2023| 21:05 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्