शुक्रबार, जेठ २९, २०८३

लगातारको वर्षाका कारण जाजरकोटका सडक बन्द

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

जाजरकोट- लगातारको वर्षाका कारण यहाँका ग्रामीण क्षेत्रका सडक बन्द हुन थालेका छन्। खलंगा–बारेकोट, खलंगा–कुशे, पश्चिम जुनिचाँदेलगायत अन्य दर्जन बढी सडक अवरुद्ध भएको स्थानीय तहले जनाएका छन्।

National life

हिउँदयाममा जथाभावी खनिएका सडक वर्षायाममा पानी पर्न थालेपछि भत्किएर ग्रामीण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएका हुन्। सदरमुकामदेखि भेरी करिडोरअन्तर्गत पर्ने डोल्पाको दुनैसम्मको सडक ठाउँ–ठाउँमा अवरुद्ध हुँदा गाडी बदलेर यात्रा गर्नुपरेको यात्रु मोहन शाहीले बताए। 

जिल्लाभित्रका अधिकांश सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या आएको बारेकोट गाउँपालिका–५ का विवेक सिंहले बताएका छन्। उनका अनुसार आन्तरिक तथा लामो दुरीका लागि सञ्चालन भएका सडकमा पुल निर्माण नभएकाले खोला बढ्दा यातायात सेवा अवरुद्ध भएका हुन्।

नयाँ खनिएका २८ र पुराना गरी ५६ सडक बन्द भएका सिंहले बताए। यातायातका साधन नचल्दा सदरमुकामसम्म आवागमनमा सास्ती हुने गरेको उनको भनाइ थियो। ‘सडक अवरुद्ध भएकाले यातायातका साधन सञ्चालनमा समस्या छ। सदरमुकामसम्म यात्रा गर्न धेरै दिन लाग्ने गरेको छ’, उनले भने, ‘बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन पनि सास्ती भइरहेको छ।’

हिउँदमा निर्माण गरिएका सडक वर्षाको पानीले बगाउँदा क्षतिसमेत भएको सिंहको भनाइ छ। निरन्तरको वर्षाले हवाई सेवासमेत प्रभावित भएको छ। नेपालगन्ज–डोल्पाको हवाई सेवा अवरुद्ध भएको छ।

Shivam cement

टेलिफोन सेवा अवरुद्ध
लगातार परेको पानीका कारण बारेकोट गाउँपालिका–५ मा रहेको टेलिफोनको टावरमा समस्या आएपछि गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ।

दुई दिनदेखि यहाँका सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोखरबहादुर सिंहले जानकारी दिए। नेपाल टेलिकम जाजरकोटले टावरमा समस्या आएकाले मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको जनाएको छ।

प्रकाशित: Jul 26, 2023| 20:41 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्