मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हिमालयन डिस्टिलरी 'उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड'बाट सम्मानित

हिमालयन डिस्टिलरी 'उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड'बाट सम्मानित

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

हिमालयन डिस्टिलरी उत्पादन क्षेत्रको 'उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन–२०२२' अवार्डबाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा उत्पादन क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन–सिल्भर अवार्ड कम्पनीलाई प्रदान गरेको हो।

National life

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले हिमालयन डिस्टिलरीका प्रमुख कार्यकारी अधिकृत निरज सुवेदीलाई उक्त अवार्ड हस्तान्तरण गरे।

हिमालयन डिस्टिलरीको वित्तीय प्रतिवेदन विवरणको विस्तृत व्याख्या, संस्थागत सुशासनको जानकारी तथा अन्य वित्तीय तथ्यहरूको वास्तविक तथ्य आम लगानीकर्तालाई उत्कृष्ट तरिकाले प्रस्तुत गररिहेको सुवेदीले बताए। साथै, यस अवार्डले कम्पनीलाई आगामी दिनहरूमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको समेत सुवेदीको भनाइ छ।

कम्पनीको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेड्रेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ। मदिरा क्षेत्रमा उत्कृष्ट गुणस्तरीय मदिरा उत्पादन तथा बिक्री वितरण गर्न सफल हिमालयन डिस्टिलरीका उत्पादनहरू गेल्डेन ओक, ब्लु ओक, ब्ल्याक ओक, रोयल ट्रेजर र हिमालयन अयला बजारमा अत्यन्त रुचाइएका मदिराहरू हुन्।

 

 

प्रकाशित: Jul 26, 2023| 18:01 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्