मंगलबार, वैशाख २९, २०८३

एनसेलको आकर्षक कम्बो प्याक

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

एनसेलका ग्राहकले अब कुनै पनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कलसहित दैनिक  डेटा र एसएमएस सेवाको फाइदा लिँदै सधैँ कनेक्टेड रहन सक्ने भएका छन्। एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याक सञ्चालनमा ल्याएको हो।

National life

अफ नेट अर्थात् एनसेलबाहेक अन्य नेपाली मोबाइल सेवाप्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सक्छन्। यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जिबी डेटा र चार सयवटा अल नेट एसएमएस सेवा करसहित नौ सय ९८ रुपैयाँमा लिन सक्छन्। ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७एस्ट्रिक्स३ह्यास डायल गरी सजिलै यो प्याक लिन सकिन्छ।

त्यसैगरी, अन नेट अर्थात् एनसेलका नम्बरहरूमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जिबी डेटा, दुई सयवटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा करसहित मात्र सात सय ९८ रुपैयाँमा लिन सक्छन्।

यो प्याक एस्ट्रिक्स१७११८एस्ट्रिक्स७एस्ट्रिक्स२ह्यास डायल गरी लिन सकिन्छ। यी दुवै कम्बो प्याकको समयवधि २८ दिन रहेको छ। अनलिमिटेड भ्वाइस कलसहित डेटा र एसएमएस सेवा बन्डल भएकाले यी दुवै प्याकले ग्राहकलाई ठूलो महत्व राख्ने एनसेलले जनाएको छ। यी प्याकमार्फत ग्राहकले अझै सुलभ दरमा अफ नेट, अन नेट भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन्।

 

प्रकाशित: Jul 26, 2023| 17:21 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्