शुक्रबार, जेठ २९, २०८३

निर्मला हत्या प्रकरण: पाँच वर्ष बित्यो, अनुसन्धान जारी

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका-उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आज पाँच वर्ष पुगेको छ। तर अझै पनि मुद्धाको टुङ्गो लागेको छैन।

National life

२०७५ साउन १० गते साथीको घरमा विद्यालयको गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो। शव परीक्षणमा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो।

उक्त घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै देशभर आन्दोलन हुनुका साथै उक्त मुद्दा अन्तर्राष्ट्रियस्तरमा पनि चर्चाको विषय बनेको थियो। यस प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीले विभिन्न छुट्टैछुट्टै छानबिन समिति गठन भए। तर हालसम्म पनि प्रहरी अपराधीसम्म प्रहरी पुग्नसकेको छैन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले प्राथमिकतामा साथ अनुसन्धान गरिरहेको जानकारी बताउँछन्। ‘अहिले पनि घटनाको निरन्तर अनुसन्धान भइरहेको छ’, उनले भने ‘जिल्ला प्रहरी र सिआईबीको टोली अहिले पनि अनुसन्धानमा खटिएको छ।’ प्रहरीले अहिले पनि घटनामा शङ्कास्पद व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ।

घटनाको दोषी पत्ता लगाउन प्रहरीले अहिलेसम्म एक सय २३ जनाको डीएनए परीक्षण गरिसकेको छ। निर्मलाको न्यायका लागि सडकदेखि सदनसम्म जोडतोडका साथ आवाज उठ्यो। न्यायको लडाइका लागि निर्मलाका आमाबुवा महेन्द्रनगरदेखि काठमाडौँसम्म धाए पनि न्याय प्राप्त भएको छैन।

Shivam cement

घटना भएको एक महिनापछि २०७५ भदौ ४ मा जिल्ला प्रहरी कार्यालयले भीमदत्तनगरपालिका– १९ बागफाटाका दिलीप विष्टलाई सार्वजनिक गरेको थियो। अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्ररुप लिएको थियो। पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए।

प्रकाशित: Jul 26, 2023| 16:48 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्