आइतबार, साउन १७, २०८३

वरिष्ठ सईको होटलमा हत्या भएको खुलासा

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं- बागलुङमा मृत भेटिएका वरिष्ठ नायब निरीक्षक (सिनियर सई) उज्वल पौडेलको  हत्या भएको खुलेको छ। उनी मृत भेटिएका होटलका  सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनका २० वर्षीय छोरा जिनोद कुँवरलाई पक्राउ गरी अनुसन्धान गर्दा हत्या भएको खुलेको हो। 

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार होटलमा खाजा खान गएका पौडेलसँग सामान्य विवाद हुँदा उनीहरू कुटपिटमा उत्रिएका थिए। निर्घात कुटपिटबाट बेहोस भएका पौडेललाई  आमाछोरा मिलेर कपडाले घाँटी कसेर हत्या गरेको खुलेकोछ।
पौडेल मंगलबार बिहान २ बजे मृत फेला परेका थिए।  घटनापछि आशा र उनका  छोरालाई पक्राउ गरी थप अनुसन्धान गर्दा उनीहरूले नै हत्या गरेको खुलेको हो। पौडेलले लगाएको सुनको सिक्री उनीहरूको किचन र्‍याकमा लुकाएको अवस्थामा फेला परेको छ। उनीहरूविरूद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: Jul 26, 2023| 15:43 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्