शुक्रबार, जेठ २९, २०८३

संसद्‍‍मै आमरण अनशन बस्ने कांग्रेस सांसद शर्माको घोषणा

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सांसद सुनिल शर्माले संसद्‍मै आमरण बस्ने घोषणा गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा उनले सय किलो सुन तस्करी प्रकरणमा संलग्न अभियुक्तहरु पक्राउ नपरे अनशन बस्ने चेतावनी दिएका हुन्।

National life

'मुख्य नाइकेहरु भाग्छन् र दुईजना मन्त्रीहरु अर्थमन्त्री र गृहमन्त्री फेरि त्यही बिचरा भुजेललाई समातेर मुख्य नाइके नपक्री बस्छु भनेर सोच्नुभएको छ भने म यो सदनबाट घोषणा गर्न चाहन्छु- प्रधानमन्त्रीको आगमनपछि उहाँहरुले दिएको समयभित्र यदि भरियामात्रै समातियो भने यो सदनभित्र आमरण अनशन बस्ने घोषणा गर्न चाहन्छु,' शर्माले भने।

सांसद शर्माले अर्थमन्त्री र गृहमन्त्रीले नैतिक अधिकार गुमाइसकेको पनि बताए। उनले डा. रामशरण महतको विदेशमा खाता भएको आरोप लाग्दा राजीनामा दिएको स्मरण गर्दै सुन तस्करीको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताए।

'मुख्य नाइके अनुसन्धानको प्रक्रियामा सहज बनाइदिन अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ। दुई जना मन्त्रीले हामीलाई थाहा छैन भन्न पाउनुहुन्न,' उनले भने।

यसअघि सांसद शर्माले कांग्रेस केन्द्रीय समिति बैठकमा पनि गृहमन्त्रीको राजीनामा मागेका थिए। 

Shivam cement

प्रकाशित: Jul 26, 2023| 15:24 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्