चितवन, राप्ती नगरपालिका-६ हर्दिस्थित सडकमा बागमती प्रदेश ०३-००१ ख २५८७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्लाही, ईश्वरपुर नगरपालिका-९ खोरीया टोलमा बागमती प्रदेश-०२-०१६ प ००७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक राष्ट्रिय अनुसन्धान कार्यालय मलंगवा सर्लाहीमा कार्यरत अनुसन्धान अधिकृत २९ वर्षीय बसन्त साहको घटनास्थलमै मृत्यु भएको छ। दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
मृत फेला
काठमाडौं महानगरपालिका-१६ बालाजु चोक डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका-५ घर भएका ५५ वर्षीय यक बहादुर परियार आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
धनुषा, जनकपुर उपमहानगरपालिका-१६ पुल चोक नजिक सोही उपमहानगरपालिका-१२ हनुमाननगर बस्ने ५० वर्षीय राम सोभित्त दास तत्मा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका-५ गुन्सा बस्ने ३५ वर्षीय धने बोम्जम सोही ठाउँस्थित छेपारे ठारो खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन्। सोमबार दिउँसोदेखि घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।
सुनसरी, दुहबी नगरपालिका-१२ पूर्व कुशाहा ठोका टोलस्थित सडकमा मोरङ सुन्दरहरैचा नगरपालिका-११ बस्ने ५० वर्षीय उमेश उराव मंगलबार मृत अवस्थामा परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।