शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • छात्राबास हडपेर बसेको त्रिवि सेवा आयोगलाई स्ववियुले निकाल्यो

छात्राबास हडपेर बसेको त्रिवि सेवा आयोगलाई स्ववियुले निकाल्यो

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरले विश्वविद्यालय सेवा आयोगलाई बसिरहेको भवनबाट निकालिदिएको छ। आयोग छात्राबास हडपेर मात्रै बसेको तर अध्यक्षविहीन भएर सेवा आयोगबाट हुने कर्मचारी नियुक्ति प्रक्रिया वर्षौंसम्म रोकिएको भन्दै आयोगलाई निकाल्नुपरेको स्ववियु सभापति श्यामराज ओझाले बताए।

National life

'सेवा आयोगको अध्यक्ष एक वर्षसम्म नियुक्त नहुँदा पनि कुलपति/प्रधानमन्त्रीले ध्यान दिएका छैनन्। छात्राबास बनाउने प्रयोजनका लागि निर्माण गरिएको भवनमा सेवा आयोग राखिएको र कीर्तिपुर पढ्ने छात्राहरुलाई होस्टेलको अभाव भएकोले हामीले पटकपटक अह्वान गर्दागर्दै पनि विश्वविद्यालयले वेवास्ता गरेका कारण जबर्जस्ति गर्नुपरेको हो,' उनले भने।

विश्वविद्यालयका पदाधिकारीहरुले सार्वजनिक कार्यक्रममै स्ववियुको दबाबपछि जेठभित्र खालि गर्ने भनेको भए पनि साउनको आधा हुन लाग्दासम्म खालि नगरेका कारण बाध्य भएर हटाउनुपरेको स्ववियुको भनाइ छ।

'हामीलाई हरहालतमा विद्यार्थीलाई सुविधा र सेवा आयोगलाई चुस्तदुरुस्त बनाउनु छ। अहिले जति पनि ढिलासुस्ती भैरहेको छ, लापरबाही र अनियमितता भैरहेको छ त्यसको केहि हिस्सा दोष सेवा आयोगले पनि लिनुपर्छ। नयाँ योग्य कर्मचारी, प्राध्यापक नियुक्ति गर्ने कार्य ठप्प छ। तर विश्वविद्यालयका कुलपतिले सेवा आयोग अध्यक्ष रोकेर बस्नु भएको छ। यसरी विश्वविद्यालय चल्दैन भनेर हामीले आन्दोलन गरेका हौं,' ओझाले भने।

Shivam cement

 

प्रकाशित: Jul 26, 2023| 13:58 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्