शुक्रबार, जेठ २९, २०८३

श्रीमती हत्याको आरोपमा अमानुल्लाह पक्राउ

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०
National life
Shivam cement

बारामा आफ्नै श्रीमती २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी-१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

सिम्रौनगढ नगरपालिका-६ बयलहट्टी बजारस्थित माईती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले माईती घरमा आएर धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। साथै अमानुल्लाहलाई स्थानीयबासीले कुटपिट गर्दा घाइते भएकोमा उनको प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ।

 

प्रकाशित: Jul 26, 2023| 13:07 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्