शनिबार, साउन २४, २०८२

मोटरसाइकल दुर्घटनामा इन्स्पेक्टरको मृत्यु

 |  बुधबार, साउन १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

vianetvianet

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) वसन्त साहको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ।

सर्लाहीको इश्वरपुर नगरपालिका-९ खोरिया टोलमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा उनको ज्यान गएको हो।

मलङ्वामा रहेको कार्यालयबाट राति  ईश्वरपुर नगरपालिका-६ मा रहेको घरतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेर २९ वर्षीय साहको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। 

बागमती प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकलमा घर जाँदै गरेका साह फूलजोर-त्रिभुवननगर सडक खण्डअन्तर्गत पुलमुनि दुर्घटनामा परेर मृत अवस्थामा भेटिएका थिए। पुलमुनिको खाल्डोमा तल शरीर र माथिबाट मोटरसाइकलले थिचिएको अवस्थामा साहको शव भेटिएको हो। 
 

प्रकाशित: Jul 26, 2023| 09:16 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्