आइतबार, साउन १७, २०८३

मोटरसाइकल दुर्घटनामा इन्स्पेक्टरको मृत्यु

 |  बुधबार, साउन १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) वसन्त साहको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ।

सर्लाहीको इश्वरपुर नगरपालिका-९ खोरिया टोलमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा उनको ज्यान गएको हो।

मलङ्वामा रहेको कार्यालयबाट राति  ईश्वरपुर नगरपालिका-६ मा रहेको घरतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेर २९ वर्षीय साहको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। 

बागमती प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकलमा घर जाँदै गरेका साह फूलजोर-त्रिभुवननगर सडक खण्डअन्तर्गत पुलमुनि दुर्घटनामा परेर मृत अवस्थामा भेटिएका थिए। पुलमुनिको खाल्डोमा तल शरीर र माथिबाट मोटरसाइकलले थिचिएको अवस्थामा साहको शव भेटिएको हो। 
 

प्रकाशित: Jul 26, 2023| 09:16 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्