शुक्रबार, जेठ २९, २०८३

रुपन्देहीसहित चार जिल्लामा भारी वर्षा, तिनाउमा बाढी

 |  मंगलबार, साउन ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

काठमाडौं- नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ। भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ।

National life

जल तथा मौसम विज्ञान विभागले आज बिहान चार बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ।

तिनाउको बाढी बढ्दो क्रममा छ। त्यसैले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने खतरा छ। विभागले होचा स्थानमा हुनेहरूलाई दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरेको छ।

यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ। वर्षाका कारण विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने सम्भावना छ। तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको भरतपुर एयरपोर्ट र दाङको बबई नदी बेसिनको सुखबारे भन्ने स्थानमा पनि अत्यधिक वर्षा भएको छ।

Shivam cement

प्रकाशित: Jul 25, 2023| 06:53 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्