शनिबार, जेठ ३०, २०८३

सर्पको टोकाइबाट दाङमा एक जनाको मृत्यु

 |  सोमबार, साउन ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

दाङ- दाङमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ।

National life

मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई दाङको शान्तिनगर गाउँपालिका–७ मामाघरमा बस्दै आएका १६ वर्षीय मनोज वली रहेका छन्।

सोमबार बिहान १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्ले जानकारी दिए।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो।

प्रकाशित: Jul 24, 2023| 19:21 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्