सोमबार, साउन १८, २०८३

बाढीले ट्याक्टरसहित चालकलाई बगायो

 |  सोमबार, साउन ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

बाजुरा- बाजुरामा खोलामा आएको बाढीले बगाउँदा ट्रयाक्टर चालक बेपत्ता भएका छन्।

मार्तडी–कोल्टी सडकखण्डमा पर्ने बाउली खोलाको बाढीले गए राति से २ त ३२२५ नम्बरको ट्रयाक्टर बगाउँदा चालक डुबनारायण चौधरी बेपत्ता भएको प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए। प्रहरीले बेपत्ता चालक चौधरीको खोजी गरिरहेको छ।

कोल्टीबाट मार्तडी आउँदै गरेको ट्रयाक्टर खोलामा ढुङ्गामा अड्किए पनि चालक चौधरी भने फेला पर्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीले उनको खोजी गरिरहेको छ।

प्रकाशित: Jul 24, 2023| 22:33 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्