शनिबार, जेठ ३०, २०८३

चार वर्ष अलपत्र परेपछि घोराही-तुलसीपुर सडकको मर्मत सुरु

 |  सोमबार, साउन ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

दाङ- घोराही-तुलसीपुर सडकखण्डको चार लेन सडकको मर्मत सुरु भएको छ। चार वर्षअघि निर्माण सुरु भएर अलपत्र परेको उक्त सडकको आइतबारदेखि मर्मतको काम अघि बढेको हो। सडक मर्मत दुई प्याकेजमा हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ।

National life

पहिलो  प्याकेजमा  घोराहीको कुइरेपानीदेखि गुर्जेखोलासम्मको करिब १३ किलोमिटर र दोस्रो प्याकेजमा गुर्जे खोलादेखि तुलसीपुरसम्मको १७ किलोमिटर सडक पर्ने डिभिजन कार्यालय दाङका सूचना अधिकारी इञ्जिनियर रिकेश महर्जनले बताए।

घोराही क्षेत्रको १३ किलोमिटर सडक मर्मत रोल्पा निर्माण सेवा र तुलसीपुर क्षेत्रको १७ किलोमिटर सडक मर्मत रोल्पा स्वच्छन्द जेभीले गर्नेछ। घोराही क्षेत्रको सडक मर्मतको ठेक्का एक करोड ४२ लाख ५५ हजार र तुलसीपुर क्षेत्रको ठेक्का एक करोड १६ लाख रुपैयाँमा लागेको छ।

०७६ सालमा भारतीय निर्माण तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालीले  घोराही-तुलसीपुर चारलेन सडक निर्माणको जिम्मा पाएको थियो। तर चार वर्ष बित्दा पनि सडक निर्माणको काम अघि नबढेपछि सडक अलपत्र परेको थियो। पटक पटक म्याद थप्दा पनि काम अघि नबढेपछि गत असारमा सरकारले ठेक्का रद्द गरेको थियो।

त्यसपछि सरकारले यो सडक मर्मतका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। सोही बजेट अनुसार सडक मर्मतको काम सुरु भएको कार्यालय दाङका सूचना अधिकारी महर्जनले बताए।

Shivam cement

उनका अनुसार चारलेन सडक अन्तर्गत दुई लेन सडकमात्र मर्मत हुनेछ। असारमा ठेक्का सम्झौता भएर असोज मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको उनले बताए।

प्रकाशित: Jul 24, 2023| 21:01 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्