मंगलबार, साउन १९, २०८३

ललिता निवास प्रकरणमा थप दुई जना समातिए

सीआईबीको टोलीले सञ्जय महर्जन र सकुलनन्द महर्जनलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट केही बेरअघि पक्राउ गरेको हो।
 |  सोमबार, साउन ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

काठमाडौं– केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ। सीआईबीको टोलीले सञ्जय महर्जन र सकुलनन्द महर्जनलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट केही बेरअघि पक्राउ गरेको हो।

प्रहरी नियन्त्रणमा आएका उनीहरु दुवै जना नक्कली मोही रहेको ब्युरोका एसएसपी दिनेश आचार्यले बताए। आज पक्राउ परेकासहित ललिता निवास प्रकरणमा संलग्न १९ जना प्रहरी नियन्त्रणमा आएका छन्। सोही प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई भने सर्वोच्चले शुक्रबार छाड्न आदेश दिएको थियो।

प्रकाशित: Jul 24, 2023| 14:36 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्