बुधबार, साउन २८, २०८२

देशभर पाँच जना मृत फेला

 |  सोमबार, साउन ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

vianetvianet

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-७ हात्तिगौडा डेरा गरी बस्ने धादिङ खनायोबास गाउँपालिका-६ घर भएका ३२ वर्षीय रामकृष्ण रिजाल आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन्।

धादिङ, निलकण्ठ नगरपालिका-५ पतेनी बस्ने ७५ वर्षीय राम बहादुर परियार सोही ठाउँस्थित खाल्टे-धादिङबेशी सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन्।

कञ्चनपुर, भिमदत्त नगरपालिका-११ बाँसखेडास्थित नहर छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरि कञ्चनपुर, भिमदत्त नगरपालिका-१० जीरो पोईन्टस्थित गताडी खोला किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।

झापा, बाह्रदशी गाउँपालिका-१ नयाँ बस्तीस्थित अदुवा खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन्।

Metro Mart

धनुषा, मिथिला नगरपालिका-७ कृषि बजारस्थित सडक किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।

सबै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 24, 2023| 14:20 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्