शनिबार, जेठ ३०, २०८३

डुबेर तीनजनाको मृत्यु, पहिरोमा दुईको ज्यान गयो

 |  सोमबार, साउन ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

काठमाडौं- देशका विभिन्न स्थानमा पहिरोमा परेर तीनजनाको मृत्यु भएको छ भने डुबेर तीनजनाको ज्यान गएको छ।

National life

प्रहरीका अनुसार बैतडीको पुर्चौडी नगरपालिका-२ भैरहु बस्ने राईमती जागरीको घर अविरल वर्षाका कारण गएराति पहिरोले पुरिँदा उनकी बुहारी २५ वर्षीय अञ्जु जागरी र अञ्जुकै छोरा ५ वर्षीय रिजन जागरीको घटनास्थलमै मृत्यु भएको छ।

उक्त स्थानमा पहिरोले घर तथा गोठ पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुरघाट र ईलाका प्रहरी कार्यालय पाटन बैतडीबाट खटिएको प्रहरीले घटनास्थलबाट १८ वर्षीय गोब्बर जागरीको उद्दार गरि उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाएको छ। पहिरोमा पुरिएर १२ वटा चौपाया समेत मरेका छन्। उक्त स्थानमा खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

उता महोत्तरीको रामगोपालपुर नगरपालिका-१ लक्ष्मीपुर बस्ने १५ वर्षीय प्रेम कुमार मण्डलको सोही ठाउँस्थित जंगा नदीको तलाउमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ। नुहाउने क्रमामा डुबेर अशक्त भएका उनको उपचारको लागि सिटिजन अस्पताल रामगोपालपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

मोरङको सुन्दरहरैंचा नगरपालिका-९ मुस्लिम टोलस्थित इनारमा डुबेर बेलबारी नगरपालिका-७ बस्ने २५ वर्षीय बौका कुमालको आइतबार दिउँसो मृत्यु भएको छ। इनार  सफा गर्ने क्रममा डुबेर अशक्त भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। 

Shivam cement

चितवनको कालिका नगरपालिका-८ न्यूरेनी बस्ने ४५ वर्षीया देवु आले मगरको सोही  ठाउँस्थित कुलोमा डुबेर आइतबार साँझ मृत्यु भएको छ। नुहाउने क्रममा कुलोमा डुबेर अशक्त भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jul 24, 2023| 13:31 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्