शनिबार, जेठ ३०, २०८३

घरायसी विवादमा श्रीमतीको हत्या

 |  सोमबार, साउन ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०
National life
Shivam cement

सप्तरीमा ३० वर्षीया श्रीमती पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका-२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

उनीहरूबीच घरायसी वादविवादको कारण झै-झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jul 24, 2023| 12:56 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्