बुधबार, साउन २८, २०८२

सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

 |  सोमबार, साउन ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

vianetvianet

काठमाडौं- काठमाडौंको सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा आइतबार बेलुका बा ४ ख ७४११ नम्बरको बसमा बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक नुवाकोट वेलकोटगढी नगरपालिका–९ घर भई हाल काठमाडौँ बालुवाटार बस्ने २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको हो।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटनामा गम्भीर घाइते भएका गजुरेलको उपचारका क्रममा नयाँबजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको जानकारी दिए।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए। 

प्रकाशित: Jul 24, 2023| 09:41 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्