शनिबार, जेठ ३०, २०८३

प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने पक्राउ

 |  सोमबार, साउन ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ।

National life

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट पक्राउ पर्नेमा काठमाडौँको नागर्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाख खनाल रहेका छन्। उनीहरुले प्रधानमन्त्रीको सल्लाहकार भएको र प्रमुख नेताहरुसँग चिनजान रहेकाले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने भनी झुटा आश्वासन दिएर ठगी गरेको खुल्न आएको छ। पीडितहरुलाई विभिन्न कागजातमा सहीछाप गराई उनीहरुले रु ४५ लाख बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ।

यसरी रकम ठगी गरी उनीहरुले पीडितको ना४च ८६७० नंको स्कारपियो गाडीसमेत लिएर फरार भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।  

उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय दमक, झापामा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालत भद्रपुर झापाबाट पक्राउ पुर्जी जारी भएकाले जिल्ला प्रहरीको अनुरोधमा आरोपीहरुलाई आज पक्राउ गरिएको उनले बताए। उनीहरुलाई थप कारबाहीका लागि आजै इलाका प्रहरी कार्यालय दमक, झापा पठाइएको छ। 
 

प्रकाशित: Jul 24, 2023| 09:13 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्