शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महाधिवेशनमा उम्मेदवार हुन कति शुल्क लाग्छ? [वडादेखि केन्द्रसम्मको सूची]

कांग्रेस महाधिवेशनमा उम्मेदवार हुन कति शुल्क लाग्छ? [वडादेखि केन्द्रसम्मको सूची]

नेपाली कांग्रेसले आशन्न महाधिवेशनमा उम्मेदवारी दिनका लागि शुल्क तोकेको छ। वडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेदवारी शुल्क तोकिएको हो।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

काठमाडौं– नेपाली कांग्रेसले आशन्न महाधिवेशनमा उम्मेदवारी दिनका लागि शुल्क तोकेको छ। वडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेदवारी शुल्क तोकिएको हो। 

यसअनुसार वडाको सभापतिमा उम्मेदवारी दिन पाँच सय रुपैयाँ लाग्छ भने केन्द्रीय सभापतिका लागि ३० हजार। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिले उम्मेदवारी शुल्क तोकेको हो। 

महाधिवेशनमा उम्मेदवार हुन केन्द्रीय सभापतिका लागि ३० हजार, उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तिर्नुपर्ने प्रस्ताव प्रस्तुत निर्वाचन समितिले पेश गरेको छ। यसअघि सभापतिको २० हजार र अरुको १० हजार रुपैयाँ थियो। 

प्रदेश कार्यसमितिको सभापतिका लागि १५ हजार र जिल्ला सभापतिका लागि १० हजार उम्मेदवारी शुल्क तोकिएको छ।

निर्वाचन समितिले बनाएको प्रतिवेदन महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका थिए।

प्रकाशित: Aug 12, 2021| 18:45 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...