शनिबार, जेठ ३०, २०८३

जुम्लामा यस वर्ष नुन अभाव नहुने : साल्ट ट्रेडिङ

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

जुम्ला- जुम्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ। यहाँस्थित डिपोमा अहिले १ हजार ७ सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए।

National life

सदरमुकामको डिपोमा ८ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा ५ सय ५० क्विन्टल र गुरुचौर डिपोमा ३ सय ५० क्विन्टल रहेको कार्यालयले जनाएको छ।

‘यहाँ नुन अभाव हुने छैन। अबको केही सातापछि यहाँका ८ वटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने छ। वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ,’ उनले भने।

गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपझोक्तालाई नुन वितरण भइरहेको समयमा केही व्यक्तिले भाडँभैलो गर्दै डिपोमा तोडफोडसमेत गरेका थिए।

सोही आवकै नुन समयमै वडामा ढुवानी नहुँदा सदरमुकाम डिपोमा नागरिकको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ। ०७९/८० मा जुम्ला सदरमुकामसहित तीन वटै डिपोका लागि ४ हजार २ सय क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ।

Shivam cement

यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट ३ सय २० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए।

तिला गाउँपालिका ९ वटै वडामा नुन ल्याउनका लागि कार्यापालिकामा छलफल गरेर सम्बन्धित वडाध्यक्षको नेतृत्त्वबाट वडावाटै नुन वितरण गरिने तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ। वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला-१ का वडाध्यक्ष जंग बस्नेतले जानकारी दिए।

प्रकाशित: Jul 23, 2023| 21:21 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्