बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक [पूर्णपाठसहित]

आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक [पूर्णपाठसहित]

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ। आज बिहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि सार्वजनिक भएको हो।

triton college

राष्ट्र बैंकले बैंक ब्याजदरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाएको छ। आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० प्रतिशत आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। यस्तै बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ।

सञ्चालन लक्ष्यको रुपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने राष्ट्र बैंकले जनाएको छ। बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत् राखिएको छ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिने छ। अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत् राखिएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Jul 23, 2023| 13:42 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्