मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीनलाई ईयूसहित ७ राष्ट्रको आग्रह - इन्धन उत्तर कोरिया लैजाने अनुमति खारेज गरियोस्

चीनलाई ईयूसहित ७ राष्ट्रको आग्रह - इन्धन उत्तर कोरिया लैजाने अनुमति खारेज गरियोस्

 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

‘आफ्नो जलक्षेत्रबाट इन्धन उत्तर कोरिया लैजान नदेऊ’

बेइजिङ- युरोपेली संघ र अन्य तीन देशसहित सात राष्ट्रको समूहले चीनलाई आफ्नो जलक्षेत्रबाट इन्धन उत्तर कोरिया लैजाने अनुमति खारेज गर्न आग्रह गरेको छ। 

संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरूको अवहेलना गर्दै उत्तर कोरियामा इन्धन लैजाँदै गरेको देखिएकाले तेल बोकेका ट्याङ्करलाई आफ्नो जलक्षेत्रबाट हटाउन ती देशले चीनलाई आग्रह गरेका हुन्। 

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिकाका राजदूतहरूले संयुक्त राष्ट्र संघका लागि चीनका राजदूत झाङ जुनलाई सम्बोधन गर्दै लेखेको पत्रमा चीनको जलक्षेत्रबाट इन्धन आपूर्ति भइरहेकाले त्यसलाई रोक्न आफ्नो सरकारसँग अनुरोध गर्न आग्रह गरिएको छ।

युरोपेली सङ्घ, दक्षिण कोरिया, अष्ट्रेलिया र न्यूजिल्याण्डका राजदूतहरूले पनि पत्रमा हस्ताक्षर गरेका छन्। चिनियाँ राजदूतलाई पत्र पठाइएको भएपनि त्यसको पुष्टि नभएको स्रोतले जनाएको छ।

kumari

पत्रमा चीनको जलक्षेत्रमा ट्याङ्करहरूको उपस्थिति र आवागमनलाई उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धको पालनाको अनुगमन गर्ने राष्ट्रसङ्घको विज्ञ समूहले अवलोकन गरेको उल्लेख गरिएको छ। 

सन् २००६ देखि संयुक्त राष्ट्रसङ्घले क्षेप्यास्त्र प्रक्षेपण र आणविक कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ। २०१७ मा प्योङयाङ उपर कच्चा तेल आयातलगायत थप प्रतिबन्ध लागेको छ। 

यसैबीच, अमेरिकाले चीन र रसियाको समर्थनमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्ने उत्तेजनात्मक गतिविधिलाई निरन्तरता दिएको आरोप लगाएका छन्। चीन र रुसले प्योङयाङमा नयाँ प्रतिबन्ध लगाउने प्रस्तावमाथि भिटो गरेर सुरक्षा परिषद्को एकता पनि खल्बल्याएका छन्।

प्रकाशित: Jul 22, 2023| 22:15 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्