मंगलबार, फागुन १९, २०८२

भारतमा रेलको ठक्करबाट दुर्लभ प्रजातिको सिंह मारियो

 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

नयाँ दिल्ली- भारतको पश्चिमी प्रान्त गुजरातमा रेलले ठक्कर दिँदा दुर्लभ प्रजातिको एउटा सिंहको मृत्यु भएको छभने गम्भीर घाइते भएको अर्कोको उपचार भइरहेको छ। 

राज्यको अम्रेली जिल्लास्थित पिपाभाव बन्दरगाह नजिक शुक्रबार झिसमिसेमा मालबाहक रेलले ती सिंहलाई ठक्कर दिएको रेल विभागका एक जना कर्मचारीले सिन्ह्वालाई टेलिफोनमा बताए। 

रेलमार्गबाट हिँडिरहेका सिंहको बथानमा एउटा मारिएको र एउटा घाइते भएको उनले बताए। मरेको र घाइते दुवै भाले हुन्। दुई वटा पोथी भने सुरक्षित रुपमा रेलमार्गबाट निस्केका थिए। 

सिंहको बथान देख्नेवित्तिकै रेलका चालकले ब्रेक लगाएका थिए। निरन्तरको वर्षा र टाढैबाट  वन्यजन्तुको आवागमन स्पष्ट देख्ने नसक्दा उक्त दुर्घना भएको हो। घाइते सिंहको स्थानीय चिडियाखानामा उपचार भइरहेको छ। 

प्रकाशित: Jul 22, 2023| 22:48 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्