आइतबार, वैशाख २७, २०८३

नयाँ स्वाद र सन्देशसहित 'दमाई महाराज' लिएर आए प्रकाश सपुत

 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

काठमाडौं- प्रकाश सपुत जहिले पनि केही न केही नयाँ सिर्जना लिएर आउँछन्, नयाँ स्वाद पस्किन्छन्। भर्खरै उनी आफ्नो नयाँ सिर्जनाका साथ उपस्थित भएका छन्। 

National life

उनको पछिल्लो गीत ‘दमाई महाराज’यूट्युबबाट सार्वजनिक भएको छ। 

‘दमाई महाराज’गीतमात्र नभएर एउटा कथा नै हो, मिनी फिल्म हो। ‘बोलमाया’ र ‘गलबन्दी’ को सिक्वेलका रुपमा सपुतले यो भिडियो ल्याएका हुन्। 
भिडियोको कथावस्तु र गीतको धार भने नितान्त फरक छ। भिडियोमा जातीय भेदभावको परम्परामाथि प्रहार गरिएको छ।

गीतमा सपुत एउटा पुराणवाचक पण्डितको भेषमा देखिएका छन्। मन्दिर पुनर्निर्माणका लागि आयोजना गरिएको एउटा सप्ताहमा उनी पुराण भन्न आउँछन्। सप्ताहकै सेटभित्र सबै दृश्य खिचिएको छ। कथालाई बोलमायाको कथासँग जोडेर जातीय छुवाछूतको मुद्दालाई उठान गरिएको छ।

सपुतले भिडियोमा निकै खर्च र मेहनत गरेका छन्। गीतका शब्द सपुत आफैंले लेखेका हुन् भने संगीत पनि उनकै हो। गायनमा उनलाई शान्तिश्री परियारले साथ दिएकी छन्। 

भिडियोको कथा र निर्देशन पनि सपुतकै हो। उनी आफैं फिचर्ड भिडियोमा मोडलद्वय गरिमा शर्मा र गीता ढुंगाना पनि देखिन्छन्।

 

प्रकाशित: Jul 22, 2023| 10:00 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्