मंगलबार, फागुन १९, २०८२

भारतको महाराष्ट्रमा पहिरोले पुरिएर १३ जनाको मृत्यु  

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

kumari

मुम्बई- भारतको महाराष्ट्रको राइगढ जिल्लाको खालापुर तहसीलको इरशालवाडी गाउँमा पहिरो जाँदा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिलेसम्म घटनास्थलबाट २२ जनाको उद्धार गरिएको छ तर धेरै जना भग्नावशेषमा फसेको आशङ्का गरिएको छ।

राइगढको इरशालवाडीमा भग्नावशेषबाट १२ जनाको शव निकालिएको छ। साथै, घटनास्थलमा उद्धारका लागि पुगेका एक उद्धारकर्मीको हृदयाघातका कारण मृत्यु भएको छ। अहिलेसम्म १३ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेकोे छ। 

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे राइगढ जिल्लामा राहत र उद्धार कार्यको समीक्षा गर्न बिहान घटनास्थलमा पुगी राइगढमा गएको पहिरोमा परी मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन्। 

प्रकाशित: Jul 20, 2023| 20:14 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्