मंगलबार, वैशाख १८, २०८१

सबैभन्दा बढी कमाउने फिल्म छक्का पञ्जा ४, अरुले कति कमाए?

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- गत आर्थिक वर्ष २०७९–०८० मा सबैभन्दा बढी कमाइ छक्का पञ्जा ४ फिल्मले गरेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार यो वर्ष नेपाली, अंग्रेजी र हिन्दी गरेर १३५ वटा चलचित्र प्रदर्शनमा आएकोमा सबैभन्दा बढी कमाउनेमा छक्का पन्जा ४, जारी र प्रेम गीत ३ छन्।

छक्का पन्जा ४ ले १७ करोड ५२ लाख,  जारीले १७ करोड १७ लाख र प्रेम गीत ३ ले ७ करोड ७० लाख कमाएका छन्।
यसैगरी महापुरुषले ७ करोड ३८ लाख र दुई नम्बरीले ३ करोड ८४ लाख आम्दानी गरेका छन्। फूलबारीले ३ करोड ५३ लाख, झिँगेदाउले ३ करोड ४१ लाख,  के घर के डेराले २ करोड ६५ लाख, प्रेम गीत ३ हिन्दीले २ करोड २७ लाख र प्रकाशले १ करोड ७५ लाख कमाएका छन्।

हिन्दी फिल्ममध्ये पठानले सबैभन्दा बढी कमाइ गरेको छ। यो फिल्मले १३ करोड २८ लाख आम्दानी गरेको हो। त्यसपछि क्रमश: अवतार, ब्रह्मास्त्र, दृश्यम् २ उचाइ, कान्तरा, किसीका भाइ किसीका जान, ब्ल्याक पार्टनर, आदिपुरुष र लालसिंह चड्डा छन्।

प्रकाशित: Jul 20, 2023| 16:40 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्