मंगलबार, चैत १७, २०८२

लिभरपुल बेलग्रेडसँग पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- इंग्लिश प्रिमियर लिग क्लब लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबल अन्र्तगर बेलग्रेडसँग पराजित भएको छ । मंगलबार राति भएको समूह चरणको चौथो खेलमा लिभरपुल सर्बियन क्लब रेड स्टार बेलग्रेडसँग २-० ले पराजित भएको हो ।

घरेलु मैदानमा लिभरपुललाई स्तब्ध बनाउन मिलान पाभकोभले दुई गोल गरे । पहिलो हाफमा बेलग्रेडका पाभकोभले गोल गरे पछि लिभरपुल पछि परेको थियो । उनले पहिलो हाफको २२ औं मिनेटमा गोल गर्दै बेलग्रेडलाई सुरुवाती अग्रता दिलाए । 

त्यसपछि खेलको २९ औं मिनेटमा पाभकोभले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बेलग्रेड २-० ले अघि रह्यो । दोस्रो हाफमा लिभरपुल खेलमा फर्कन सकेन र बेलग्रेडसंग २-० ले स्तब्ध बन्यो । बल पोजिसनमा पकड जमाएको लिभरपुलले पाएको मौका सदुपयोग गर्न सकेनन् । उसले बेलग्रेडको पोष्टमा आधा दर्जन बढी आक्रमण गरेको थियो ।

हारसँगै समूह ‘सी’ को लिभरपुल लिगको दोस्रो स्थानमा रहेको लिभरपुलको दोस्रो चरणमा पुग्ने सम्भावना कायम रहेको छ । लिभरपुलले ४ खेलबाट ६ अंक जोडेको छ । बेलग्रेड ४ खेलबाट ४ अंक जोडेर पुछारमा छ । यस समूहको शीर्ष स्थानमा इटालियन क्लब नेपोली रहेको छ । नेपोलीको पनि ६ अंक छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।