काठमाडौं- श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो अन्तिम खेल आज यूएई ए विरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान सवा १० मा पी सारा ओभल कोलम्बोमा सुरु हुनेछ।
समूह बी मा यसअघि नै लगातार दुई खेल हार्दै बाहिरिसकेको नेपाल र यूएई दुवै टिम यस खेल जित्दै सुखद् अन्त्य गर्ने योजनामा छन्। नेपालले सिनियर टिम खेलाउँदा यूएईले भने युवा खेलाडीहरु समेट्दै दोस्रो रोजाइको टिम खेलाएको छ।
नेपाल र यूएई ए यसअघि पाकिस्तान ए र भारत ए सँग पराजित भएका थिए। नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो। यूएई भारतसँग ८ विकेट र पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो।