मंगलबार, चैत १७, २०८२

च्याम्पियन्स लिगमा बार्सिलोना दोस्रो चरणमा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- मंगलबार राति भएको यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले इन्टर मिलानसँग बराबरी खेलेको छ । कप्तान लियोनल मेस्सी बिना मैदानमा उत्रेको बार्सिलोनाले मिलानसँग १-१ को बराबरी खेलेको हो । 

बराबरीमा बाबजुद बार्सिलोना दोस्रो चरणमा पुगेको छ । अर्को खेलमा टोटेनहमले पीएसभीलाई २-१ ले हराएपछि बार्सिलोना अर्को चरणमा पुगेको हो ।

यस नतिजासँगै समूहमा बार्सिलोनाले अग्रता कायमै राखेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिइ । दुबै टोली दोस्रो हाफमा एक एक गोल गरेका थिए । 

बार्सिलोनाका लागि ब्राजिलका विङ्गर माल्कमले अग्रता दिलाए । उनले खेलको ७ मिनेट बाँकी रहँदा गोल गरेका थिए । त्यस्तै इन्टरका कप्तान माउरो इकार्डीले ३ मिनेट समय बाँकी छँदा पेनाल्टी क्षेत्रभित्र बाट गोल गर्दै खेल बराबरीमा ल्याए । 

खेलमा बार्सिलोनाले अधिकांश समय बलमा पकड बनाएपनि गोलको अवसर भने सोहिअनुसार सिर्जना गर्न सकेन । लुइस सुआरेजले पहिलो हाफमा पाएको मौका सदुपयोग गर्न नसक्दा बार्सिलोनाले दोस्रो हाफसम्म कुर्नुपरेको थियो । बार्सिलोनाले अब लिगको खेलमा पीएसभी र टोटेनहमको सामना गर्नेछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।