आइतबार, वैशाख १३, २०८३

नेपाल भारत 'ए' सँग ९ विकेटले पराजित

 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

National life
kumari

काठमाडौं- एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ।

नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ‘ए’ ले २२ ओभर १ बलमा एक विकेटको क्षतिमा भेट्टाएको हो। श्रीलंकाको आर प्रेमदासा रङ्गशालामा भएको खेलमा भारतका लागि अभिसेक शर्माले सर्वाधिक ८७ रन बनाए।

नेपालका लागि कुशल मल्लले एकमात्र विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १६७ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाएका थिए।

प्रकाशित: Jul 17, 2023| 21:21 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्