बिहीबार, कात्तिक २७, २०८२

संगीतमा सफल आर्टमाण्डुले फिल्म बनाउने

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

काठमाडौं- राम्रा-राम्रा म्युजिकल फिल्म बनाइरहेको आर्टमाण्डु टिमले फिचर फिल्म बनाउने भएको छ। यो टिमले ‘उनको स्वीटर’ फिल्म बनाउन लागेको हो।

National life

आज (आइतबार) एक कार्यक्रमबीच निर्देशक तथा लेखक नवीन चौहानले फिल्म निर्माण गर्ने घोषणा गरेका छन्। फिल्मको सुटिङ आगामी मंसिर पहिलो साताबाट सुरु हुने उनले बताए। फिल्मको लागत यकिन नभइसकेको उनले बताए। सुरु भएको ५० देखि ५५ दिनमा छायांकन सक्ने लक्ष्य राखिएको छ। 

निर्देशक चौहानले फिल्म समसामयिक विषयवस्तु र प्रेम कथामा आधारित हुने सुनाए। चलचित्रमा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा रहनेछन्। फिल्मका गीतमा संगीत हर्क साउदको र स्वर सुजन चापागाईंको हुनेछ। फिल्मको शीर्ष गीत पनि आइतबार नै सार्वजनिक गरिएको छ।

म्युजिकल फिल्म निर्माणका लागि परिचित छ आर्टमाण्डु। तीनपाते, के माया लाग्छ र, सुनाखरी, वाफ आदि आर्टमाण्डुले बनाएका म्युजिकल फिल्म हुन्। 
 

प्रकाशित: Jul 16, 2023| 19:56 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्