शनिबार, जेठ ३०, २०८३

लापसे गरेरै सवारी चलाउने १५९ माथि कारबाही

 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने एक सय ४९ जना चालकमाथि कारबाही गरिएको छ।

National life

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय लागुऔषध नियन्त्रण ब्यूरो र सम्बन्धित प्रहरी कार्यालयको संयुक्त प्रयासमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चालकलाई जाँच अभियान चलाउने गरिएको छ।

सोही क्रममा चालकले लागुऔषध सेवन गरी सवारीसाधन चलाए/नचलाएको सम्बन्धमा टिएचसी किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट जाँच अभियान सुरु गरिएको थियो।

लापसे गरी सवारीसाधन चलाउने चालकमध्ये भाडाका सवारीसाधन चलाउने चालक पनि रहेकाले यात्रु बोक्नेजस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

Shivam cement

यसरी सवारीसाधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने भएकाले आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ।

प्रकाशित: Jul 15, 2023| 19:50 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्