शनिबार, जेठ ३०, २०८३

किन पक्राउ परे सिंगापुरका यातायातमन्त्री? 

 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

सिंगापुर- सिंगापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन्। उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ। 

National life

यातायात मन्त्री एस. ईश्वरनलाई गत मङ्गलबार  पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा जनाइएको छ।

सिङ्गापुरका सबैभन्दा धनी व्यक्तिमध्येका एक ओङ बेङ सेङलाई पनि गत मङ्गलबार नै पक्राउ गरिएको थियो। निजलाई पनि अनुसन्धानपछि धरौटीमा छाडिएको छ। ब्यूरोले अनुसन्धानको विवरण भने खुलाएको छैन।

ओङ छानबिनमा परेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले यातायात मन्त्रीमाथिको अनुसन्धानको दायरा फराकिलो बनाएको छ।

विश्वको सबैभन्दा कम भ्रष्ट देशमध्येको एक सिङ्गापुर विश्वव्यापी वित्तीय केन्द्र हो। यो देशमा भ्रष्टाचार नियन्त्रणका लागि ‘क्याबिनेट’ मन्त्रीहरूलाई निजी क्षेत्रका ठूला आम्दानी गर्ने व्यक्तिको तुलनामा तलब दिइन्छ।

Shivam cement

प्रकाशित: Jul 15, 2023| 22:15 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्