मंगलबार, चैत १७, २०८२

पीपीएल : उपाधिका लागि चितवन पोखराविरुद्ध ब्याटिङ गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर
 
पोखरा- पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि आज (मंगलबार) कप्तान पारस खड्को चितवन राइनोज शरद भेषवाकरको पोखरा पल्टनविरुद्ध ब्याटिङ गर्दै छ । चितवनले पोखराविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको हो ।
 
पोखरा रंगशालामा सुरु भएको खेलमा पोखरा लिग तालिकाको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको थियो भने चितवनले अन्तिम तीन खेलमा लगातार जित निकाल्दै प्ले अफमा ज्ञानेन्द्र मल्लको काठमाडौँ रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । 

समुह चरणको खेलमा पोखराले चितवनलाई ५ विकेटले पराजित गरेको थियो । आज फाईनलमा उक्त बदला लिने दाउमा रहेको चितवन यससँगै उपाधि उचाल्ने दाउमा रहेको छ । 

विजेता टोली २७ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । पूर्वघोषित पुरस्कार अनुसार प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र बलरले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल पाउने छन् । 

मोस्ट भ्यालुएबल प्लेयरलाई १ लाख र उदयीमान खेलाडीलाई ५० हजार रुपैयाँको व्यवस्था गरिएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।