बिहीबार, साउन ७, २०८३

नेयमार किन बार्सिलोना फर्किन चाहन्छन् ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- पेरिस सेन्ट जर्मन (पिएसजी)का ब्राजिलियन स्टार खेलाडी नेइमार आफ्नो पुरानो क्लब बार्सिलोना फर्किन चाहेको उनका पूर्व सहकर्मीे मार्टिन मोन्टोयाले बताएका छन् । सन् २०१३ देखि २०१६ सम्म बार्सिलोनामा रहेर खेलेका डिफेन्डर मोन्टोयाले नेइमारले बार्सिलोना फर्कन चाहेको बताएका हुन् ।

‘मैले बुझेसम्म उनी साँच्चै क्याम्प नोउ फर्कन चाहन्छन् । तर, अहिले अवस्था सजिलो छैन,’ मोन्टोयाले भने, ‘पिएसजी निकै राम्रो टिम हो । उनीहरूले अहिले सजिलै नेइमारलाई कतै पठाउँदैनन् । नेइमारका लागि उनीहरूले ठूलो रकम खर्चेका छन् ।’

तर, मोन्टोया भने नेइमार पिएसजीमा रमाउन नसकेको बताउँछन् । ‘बार्सिलोनामा ४ वर्ष रहँदा नेइमार निकै राम्रा भएका थिए । खेलसँगै अन्य वातावरणका हिसाबले पनि उनलाई बार्सिलोनामा सहज थियो,’ उनले अघि थपे । 

२ वर्षअघि विश्वकै सर्वाधिक महँगो खेलाडी बन्दै २ सय २२ मिलियन युरोमा पिएसजी पुगेका नेयमारले बार्सिलोनामा ४ वर्ष बिताएका थिए । खास गरी बार्सिलोनामा ‘मेस्सीको छायाँबाट मुक्त हुन’ भन्दै स्पेन छाडेका उनी बार्सिलोनामा लियोनल मेस्सी र लुइस स्वारेजसँगको आक्रमण लाइनमा जमेका थिए । 

तर, पिएसजीमा पनि गएको सिजन त्यती राम्रो हुन नसकेका नेइमारले अप्रत्यासित रूपमा बार्सिलोना छाडेका थिए । त्यसमा पनि बालोन डि‘ओर जित्न मुख्य मानिने युरोपियन च्याम्पियन्स लिगमा उनको क्लब असफल भएपछि नेइमारको पहिलो वर्ष पिएसजीमा उत्साहजनक रहेन । यस सिजन पनि उनी पिएसजीमा लयमै देखिएका छन् ।

तर, यतिबेला उनले पिएसजी छाडेर पुनः बार्सिलोना फर्किने मनस्थिति बनाएको खबर सार्वजनिक भइरहेका छन् । नेइमारले हालसम्म पिएसजीका लागि ४४ खेल खेल्दै ४० गोल गरेका छन् भने २२ गोलका लागि पास मिलाएर आफूलाई प्रमाणित गरिसकेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।