बुधबार, साउन २०, २०८३

करेन्ट लागेर काठमाडौंमा एक युवकको मृत्यु

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

काठमाडौं- काठमाडौँको मण्डिखाटारमा करेन्ट लागेर युवकको मृत्यु भएको छ।

बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी–३ स्थाई घर भएका २३ वर्षीय सुजन श्रेष्ठको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

बुढानिलकण्ठ–९ मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई शिक्षण अस्पताल महाराजगंजमा लगिएको थियो। उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jul 14, 2023| 21:40 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्