काठमाडौं- सप्तरीमा नेकपा एमालेका नेता सवार गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा पाँच नेता घाइते भएका हुन्।
प्रहरीका अनुसार एमाले जिल्ला कमिटी सदस्य किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी कार दुर्घटनामा घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि राजविराज लगिएको छ।
एमाले जिल्ला कमिटीको बैठकका लागि उनीहरू राजविराजतर्फ गइरहेको बेला नम्वर नखुलेको कार दुर्घटनामा परेको बताइएको छ।