बुधबार, असार ३, २०८३

एमाले नेता सवार गाडी दुर्घटना, पाँच जना घाइते

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०
National life
Shivam cement

काठमाडौं- सप्तरीमा नेकपा एमालेका नेता सवार गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा पाँच नेता घाइते भएका हुन्।

प्रहरीका अनुसार एमाले जिल्ला कमिटी सदस्य किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी कार दुर्घटनामा घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि राजविराज लगिएको छ।

एमाले जिल्ला कमिटीको बैठकका लागि उनीहरू राजविराजतर्फ गइरहेको बेला नम्वर नखुलेको कार दुर्घटनामा परेको बताइएको छ।

प्रकाशित: Jul 14, 2023| 20:47 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्