बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिकी सहायक विदेशमन्त्री लुद्वारा प्रधानमन्त्री पत्‍नीप्रति श्रद्धाञ्‍जली अर्पण

अमेरिकी सहायक विदेशमन्त्री लुद्वारा प्रधानमन्त्री पत्‍नीप्रति श्रद्धाञ्‍जली अर्पण

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

काठमाडौं- नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्‍नी सीता दाहालप्रति श्रद्धाञ्‍जली अपर्ण गरेका छन्। शुक्रबार दिउँसो काठमाडौं ओर्लिएका अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको स्व. सीता दाहालको तस्बिरमा फूल चढाउँदै श्रद्धाञ्‍जली अपर्ण गरेका हुन्। 

National life

उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेर समवेदनासमेत प्रकट गरेका छन्। यससँगै उनले प्रधानमन्त्री प्रचण्डसँग द्विपक्षीय राष्ट्रिय हितका विषयमा छलफल भएको पनि बताइएको छ। 

यसअघि लुले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग भेट गरेका थिए। यहीक्रममा अमेरिकी सहायक विदेशमन्त्री लुले परराष्ट्रमन्त्री एनपी साउँदसँग पनि भेट गरेका हुन्। लु शुक्रबार राति नै फर्किने कार्यक्रम रहेको छ। 

दक्षिण एसिया भ्रमणका क्रममा लु भारत र बंगलादेशको भ्रमण सकेर शुक्रबार नै नेपाल ओर्लिएका थिए। 

 

Shivam cement

प्रकाशित: Jul 14, 2023| 19:15 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्