बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेन नेटो सदस्यत बने विश्‍व थप असुरक्षित हुने रूसी राष्ट्रपतिको चेतावनी

युक्रेन नेटो सदस्यत बने विश्‍व थप असुरक्षित हुने रूसी राष्ट्रपतिको चेतावनी

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

मस्को- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल गर्ने हो भने यसले विश्वलाई थप असुरक्षित बनाउने बताएका छन्। 

National life

पुटिनले भने, 'मलाई विश्वास छ कि यसले युक्रेनको सुरक्षालाई बढाउँदैन र समग्रमा विश्वलाई अझ बढी असुरक्षित बनाउनेछ र अन्तर्राष्ट्रिय क्षेत्रमा थप तनाव निम्त्याउनेछ।'

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य अभियान सुरु गर्नुको एउटा कारण कीभलाई गठबन्धनमा सामेल हुनबाट रोक्नु हो। 

पुटिनले लिथुआनियामा भएको शिखर सम्मेलनको एक दिनपछि पत्रकारहरूसँग कुरा गर्दै नाटोले कीभलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो तर सदस्यताको लागि समयसीमा भने दिएको छैन।

युक्रेनले रूसी सेनालाई पछाडि धकेल्न क्षेप्यास्त्रलगायत थप उन्नत र लामो दूरीका हतियारको माग गर्दै आएको छ।

Shivam cement

पुटिनले पत्रकारसँग भने, 'लामो दूरीका क्षेप्यास्त्रहरूले ‘क्षति पुर्‍याउँछ तर ती प्रयोग गरिएका लडाकु क्षेत्रहरूमा केही पनि महत्वपूर्ण उपलब्धि भइरहेको छैन । विदेशमा निर्मित ट्याङ्कका लागि पनि यही कुरा लागू हुन्छ।' 

उनले भने, 'नयाँ हतियारको वितरणले युक्रेनी पक्षका लागि स्थितिलाई अझ बिगार्नेछ र द्वन्द्वलाई बढावा दिनेछ।'
---

प्रकाशित: Jul 14, 2023| 19:35 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्