शुक्रबार, पुस ४, २०८२

भारतको बिहारमा चट्याङ लागेर १० जनाको मृत्यु

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

नयाँ दिल्ली- भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १० जनाको मृत्यु भएको छ।

National life

बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ। चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरुले बताएका छन्।

गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए। प्रत्येक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौंको मृत्यु हुने गरेको छ।

सन् २०२२ मा भारतभर चट्याङका कारण ९०७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रकाशित: Jul 14, 2023| 18:45 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्