शनिबार, साउन १२, २०८१

देशभरका ८० बढी सिनेमाघरमा चलचित्र बगानको प्रदर्शन

एकल महिलाको कथा बोलेको बगानले नेपाली समाजलाई परिवर्तनको बाटो देखाउने निर्माताको दाबी।
 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

triton college
Metro Mart
vianet

काठमाडौं– एकल महिलाको कथा बुनेर निर्माण गरिएको चलचित्र बगान देशभरका ८० बढी हलमा एकैसाथ प्रदर्शन सुरु भएको छ। चलचित्रले देशभरका ८० बढी सिनेमाघरमा  १०० शो संख्या पाएको छ।
अभिनयका पारंगत मानिने अभिनेता सरोज खनालले पहिलोपल्ट निर्देशन गरेको बगानमा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालगायतको अभिनय छ। निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ। अभिनेत्री कार्कीले बगानबाट डेब्यु गरेकी हुन् ।
बुधबारको प्रिमियरमा चलचित्र हेर्ने अधिकांशले यसका दृश्य र संवादले भावुक बनाएको प्रतिक्रिया दिएका थिए। यो चलचित्र मात्र नभई क्रान्ति भएको र नेपाली समाजलाई परिवर्तनको बाटो देखाउने चलचित्रको रुपमा हेरिनुपर्ने प्रतिक्रिया उनीहरुको थियो।
बगान निर्माताले देशभरकै एकल आमालाई निःशुल्क चलचित्र देखाउने घोषणा गरेका छन्। यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ।
स्वप्निल नीरवको कथामा आधारित चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो। बगानका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर रहेका छन्। यसमा गौरीशंकर धुजूको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भीएफएक्स तथा रेनिश फागोको कलर करेक्सन रहेको छ।
ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहको रहेको छ। हरि लम्साल र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ।
नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशमा फिल्म प्रदर्शन हुनेछ। ’बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र बाहिर एफडी कम्पनीले गरेका छन्।
 

प्रकाशित: Jul 14, 2023| 12:23 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्