NadaNada
बुधबार, भदौ ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिकी सहायक विदेशमन्त्री लु आज आउँदै, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटघाट

अमेरिकी सहायक विदेशमन्त्री लु आज आउँदै, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटघाट

 |  शुक्रबार, असार २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

vianetvianet

काठमाडौं- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज शुक्रबार नेपाल आउँदैछन्। दक्षिण तथा मध्य एसिया हेर्ने लुले एक दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। 

काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार लुको भ्रमणको औपचारिक घोषणा गरेको छ। लु अहिले दक्षिण एसिया भ्रमणमा छन्। प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदसँगको भेटवार्तामा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने बताइएको छ।

लुले अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थासँग पनि भेटघाट गर्नेछन्। नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले सीप प्रदान गर्न उक्त संस्थाले गरेका प्रयासबारे लुले बुझ्ने दूतावासले जनाएको छ। 

यसअघि नेपाल सरकारले अमेरिकी कार्यक्रम एसपीपी (स्टेट पार्टनरसिप प्रोग्राम) लाई अघि नबढाउने निर्णय गरेपछि लुले नेपाल भ्रमण गरेका थिए। एमसीसी सम्झौता नेपालको संसद्बाट अनुमोदन हुनु ४ महिनाअघि पनि लु आएका थिए।

प्रकाशित: Jul 14, 2023| 06:29 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

जहाँ गर्मी भुल्न आउँछन् तराईवासी

जहाँ गर्मी भुल्न आउँछन् तराईवासी

सडक छेउमा स्थानीय व्यापारीले राखेका कटहरको सुगन्धले बिपी राजमार्गका यात्रुहरुलाई हतारमा भए पनि केही क्षण रोकिन बाध्य पार्छ। मिठासले भरिएको कटहर चाख्दै कतिपयले कोसेलीका रूपमा...