बिहीबार, असार ४, २०८३

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले आज शुक्रवार सार्वजनिक बिदा दिएको छ।

National life

प्रदेश मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचनाबमोजिम बिदा दिइएको हो। भानुजयन्तीको अवसरमा आज प्रभातफेरि, प्रवचन, पुरस्कार वितरण लगायतका कार्यक्रम आयोजना गरिएको छ। तनहुँको चुँदीरम्घामा विक्रम संवत् १८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो।

नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन्। मोतीराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए।

भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन्। उनका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए।

प्रकाशित: Jul 14, 2023| 06:09 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्