बिहीबार, असार ४, २०८३

डडेल्धुरामा खहरेखोलाले बगाउँदा एक महिलाको मृत्यु

 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

डडेल्धुरा- डडेल्धुरा गन्यापधुरामा खोलाले बगाउँदा ६२ वर्षीय एक वृद्धाको ज्यान गएको छ। गन्यापधुरा गाउँपालिका–४ को खारीखोला तर्ने क्रममा कुलेडी गाउँकी दुर्गा बोहराको ज्यान गएको हो।

National life

खोला तर्ने क्रममा बोहरा बेपत्ता भएकी थिइन्। बिहीबार दिउँसोदेखि गन्यापधुरालगायत डडेल्धुराका विभिन्न स्थानमा ठूलो वर्षा भएको थियो। वर्षाकै कारण खोला उर्लिएर आएको स्थानीयवासी लोकेन्द्र पनेरुले बताए।

खोलाले बगाउँदा बेपत्ता भएको खबर स्थानीयवासीले प्रहरीलाई गरेका थिए। उनको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। उनी बगेको स्थानबाट एक किलोमिटर तल शव फेला परेको प्रनाउ भट्टले बताए।

आज दिउँसो २:३० बजेको समयमा बोहरालाई खोलाले बगाएको प्रहरीले जनाएको छ। खारीखोला गन्यापधुरा गाउँपालिकाको सदरमुकामबाट पैदल एक घण्टाको दूरीमा पर्छ।
 

प्रकाशित: Jul 13, 2023| 20:13 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्