बिहीबार, असार ४, २०८३

बाढीपीडित महिलाले हानिन् सांसदलाई थप्पड

 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

भारत हरियाणाको कैथल जिल्लाकी एक बाढीपीडित महिलाले जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन्। सांसद सिंह कैथल गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला एक महिलाले ‘तिमी अहिले किन आयौ?’ भन्दै भीडबाट निस्केर थप्पड हानेकी हुन्।

National life

पानीको सुमचित व्यवस्था नहुँदा बाढी आएकामा क्रुद्ध उनले सांसदलाई पिटेकी हुन्। उक्त घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा महिला र अन्य स्थानीयले ‘तिमी अहिले किन आयौ?’ भनेको सुनिन्छ। सांसद सिंहलाई उनका निजी सुरक्षा अधिकारीहरूले उद्धार गरेका थिए। घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महिलालाई माफ गरिदिएको र उनीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने बताए।

हरियाणामा अविरल वर्षाका कारण आएको बाढीका कारण १० जनाको ज्यान गएको छ। यो सङ्ख्या बढ्न सक्ने बताइएको छ। सरकारले बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई चार लाख राहतस्वरुप प्रदान गर्ने भएको छ। चार दिनदेखि हरियाणामा मात्र नभई हिमाचल प्रदेश, उत्तराखण्ड र पञ्जाबमा लगातारको वर्षाले राज्यका केही जिल्लामा जनजीवन अस्तव्यस्त भएको छ।

हालसम्म ९१ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन्। हिमाचलको सिप्तीमा अलपत्र परेका तीन सय पर्यटकको उद्धारको प्रयास भइरहेको छ। प्रतिकूल मौसमका कारण हेलिकप्टर अवतरण गर्न कठिनाइ भएको छ।

प्रकाशित: Jul 13, 2023| 17:56 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्