बिहीबार, असार ४, २०८३

सचिव राउतलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

बिहीबार सचिव राउत पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले २४ घन्टाभित्र उपस्थित गराउन आदेश दिएका हो। 
 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं– सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घन्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।

National life

बिहीबार सचिव राउत पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले २४ घन्टाभित्र उपस्थित गराउन आदेश दिएका हो। 

राउतलाई गत आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो। सचिव राउतलाई सुरुमा २ दिन र अन्य अभियुक्तसँगै थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिइसकेको छ। 

प्रहरीले पक्राउ गर्ने सुइँको पाएपछि भाग्ने तरखरमा रहेका राउतलाई गत आइतबार विराटनगर जानै लाग्दा प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो।

प्रकाशित: Jul 13, 2023| 16:24 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्